एनआईसी बैंकको स्वीफ्ट ह्याकबाट चोरी भएकोमध्ये ९० प्रतिशत पैसा फिर्ता, बाँकी आउने क्रममा

<p>काठमाडौं । स्वीफट ह्याकबाट एनआईसी एसिया बैंकको चोरी भएको मध्ये ९० प्रतिशत बढी रकम फिर्ता आएको छ । स्वीफ्ट ह्याक गरेर करिव ४६ करोड रुपैयाँ चोरी भएकोमध्ये अधिकांश रकम फिर्ता भएको र अन्य पनि आउने क्रममा रहेको नेपाल राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले बताए । “पैसा फिर्ता आउने क्रम जारी रहेको छ” उनले भने “अब [&hellip;]</p>

काठमाडौं । स्वीफट ह्याकबाट एनआईसी एसिया बैंकको चोरी भएको मध्ये ९० प्रतिशत बढी रकम फिर्ता आएको छ । स्वीफ्ट ह्याक गरेर करिव ४६ करोड रुपैयाँ चोरी भएकोमध्ये अधिकांश रकम फिर्ता भएको र अन्य पनि आउने क्रममा रहेको नेपाल राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले बताए ।

“पैसा फिर्ता आउने क्रम जारी रहेको छ” उनले भने “अब २ देखि ३ करोड रुपैयाँ जति बाँकी होला ।” ह्याक गरेर पैसा चोरी गर्ने गिरोहको अझै पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

तिहारको विदाको समयमा बैंकले प्रयोग गर्दै आएको स्वीफ्ट सर्भरमा ह्याकरले ह्याक गरी विदेशमा रहेका खाताबाट पैसा चोरी गरेको आशंका गरिएको छ । बैंकले कारोबार शंकास्पद देखिएपछि सर्भर बन्द गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । आईतबार क्रसबोडर कारोबार रोकिए पनि नेपालभित्र बैंकका सबै शाखाहरुबाट नियमित कारोबार भएको  छ ।

बैंकका निमित्त सीईओ रोशन न्यौपानेले बैंकको सबै समस्याको समधान भइसकेको जानकारी दिए । उनले स्वीफट ह्याकको विषयमा अनुसन्धान भइरहेको बताए । हाल सुरक्षाका कारण स्वीफ्ट कारोबार बन्द गरिएको उनले जानकारी दिए ।

विकास न्युजसंग कुरा गर्दे निमित्त सीईओ न्यौपानेले विदेशी बैंकले भुत्तानी नगरेपछि पैसा बैंकको खातामा रहेको उनले बताए । बैंकलाई भुक्तानी रोक्न एनआइसीले अनुरोध गरेको थियो । सोमबारदेखि नयाँ सर्भरबाट कारोबार भएको उनले जानकारी दिए । पुरानो सर्भर डाउन गरिएकाले यति रकम गएको भन्न नसकिने उनले स्पष्ट पारे । राष्ट्र बैंक र एनआईसी एसिया दुबैले यसको अध्ययन गरिरहेका छन् ।

Share News