गणपती माइक्रोफाइनान्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न

<p>काठमाडौं । गणपती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा कात्तिक ९ गते सम्पन्न भएको छ । सभाको सभापतित्व संस्थाको सञ्चालक समितिका अध्यक्ष युबराज भण्डारीले गरेका थिए । हाल यस संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोवार शुरु गरेको यस संस्थाले २०७४ साल असोज मसान्तसम्म उठाउन [&hellip;]</p>

काठमाडौं । गणपती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा कात्तिक ९ गते सम्पन्न भएको छ । सभाको सभापतित्व संस्थाको सञ्चालक समितिका अध्यक्ष युबराज भण्डारीले गरेका थिए ।

हाल यस संस्थाको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । २०७३ साल मंसिर २४ गतेदेखि वित्तीय कारोवार शुरु गरेको यस संस्थाले २०७४ साल असोज मसान्तसम्म उठाउन बाँकी ऋण रकम २५ करोड ८७ लाख रुपैयाँ तथा बचत रकम ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ ।

हाल १२ जिल्लामा २० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रम संचालन भई रहेको छ ।

Share News