काठमाडौं । गृह मन्त्रालयले यही कात्तिक १० गते(शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले छठ पर्वको लागि थप एक दिन नेपालभर सार्वजनिक बिदा दिने जनाएको छ।

गृह मन्त्रालयले बिहाबार सार्वजनिक सूचना जारी गरी उक्त जानकारी दिएको हो । छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको थियो ।