काठमाडौ । नेकपा एमाले रौतहटले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ मा तेस्रो विकल्प अघि सारेको छ । यसअघि जिल्ला कमिटीले पूर्ब प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधब नेपाल र निवर्तमान सान्सद रामकुमार भट्टराईको नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो ।
मंगलबार बसेका जिल्ला कमिटी बैठकले भने तेस्रो विकल्पका रूपमा युवा नेता गिरिको नाम पनि थपेर अनुमोदन गरेको हो । वरिष्ठ नेता नेपालले काठमाडौ २ नम्बरबाट चुनाव लडने निश्चित भैसकेको छ । निवर्तमान सान्सद भट्टराईले चुनाव नलड्ने अवस्थामा अब रौतहट ४ नम्बरमा गिरी उम्मेदवार हुनेछन् । बाम गठबन्धनको क्षेत्र बाँडफाँटमा सो क्षेत्र एमालेको भागमा परेको छ ।
रौतहट एमालेको एक कार्यकाल सचीवको जिम्मेवारी सम्हालिसकेका गिरी युवा पुस्ताबिच लोकप्रिय मानिन्छन् । मत्स्य व्यवसायी संघको सस्थापक अध्यक्ष समेत रहेका गिरीलार्र्इ स्थानीय व्यवसायिले पनि सहयोग गर्ने आश्वासन दिएका छन् ।
निवर्तमान सान्सद रामकुमार भट्टराईले निर्वाचन नलडेमा गिरीको उम्मेदवारी पक्का भएको चर्चा रौतहटका एमाले कार्य्कर्तामाझ छ । भट्टराईले यसपाली निर्वाचन नलड्ने सोच बनाएको बताइन्छ ।