सिभिल बैंकको मंसिर ५ गते बुक क्लोज, ४० प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । सिभिल बैंकले आगामी मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकाे छ । [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले आगामी मंसिर ५ गते बुक क्लोज गर्ने भएको छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नको लागि सो दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो ।

कम्पनीले २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकाे छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

Share News