प्राइम लाइफ र नेसनल लाइफले १ अर्ब ६० करोडको हकप्रद सेयर निष्कासन गर्ने

<p>काठमाडौं । दुई जीवन बीमा कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६० करोड ३८ लाख ४७ हजार ७५४ रुपैयाँको १ करोड ६० लाख ३८ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । जसअनुसार प्राइम लाइफले [&hellip;]</p>

काठमाडौं । दुई जीवन बीमा कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६० करोड ३८ लाख ४७ हजार ७५४ रुपैयाँको १ करोड ६० लाख ३८ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

जसअनुसार प्राइम लाइफले १ बराबर १ अनुपातमा ६१ करोड २ लाख रुपैयाँ बराबरको ६१ लाख २ हजार कित्ता र नेसनल लाइफले १० बराबर ६ अनुपातमा ९९ करोड ३६ लाख ४७ हजार ७५४ रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।

हकप्रद निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नियामक बीमा समितिले आउदो असारसम्म जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि दुबै कम्पनीले हकप्रदबाट पुँजी बढाउन लागेका हुन् ।
प्राइम लाइफको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ छ । यस्तै नेसनल लाइफको १ अर्ब ६६ करोड ४१ लाख रुपैयाँ छ ।

हालसम्म १८ कम्पनीले ११ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको ११ करोड ६४ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् ।

साउनयता बोर्डले १८ कम्पनीलाई ९ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको ९ करोड ५३ लाख ३२ हजार कित्ता हकप्रद निष्कासनका लागि अनुमति दिएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउनु पर्ने बाध्यकारी व्यवस्था भएकाले यो वर्ष हकप्रद सेयरको बाढी आउने भएको छ ।

Share News