सिन्धुलीमा प्राकृतिक देवदेवीका आकृतिहरु फेला परेपछि भक्तजनहरुको घुईचो

<p>सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउ“पालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्रानकृतिक शिव लिंङग लगायतका विभिन्न देव देवताका आकृतिहरु फेला परेपछि पुजा अर्चना गर्ने भक्तजनको घुईचो लाग्न थालेको छ । चुरे पहाड जंगलको श्रृखलामा एक महिना अगाडी स्थानीय बासिन्दा जंगबहादुर माझीले सपनामा कम्पन आउदा फेला पारेको शिवलिंङग लगायत गणेश, गढीमाई, ईच्छामाई, चमेलीमाई,जलदेवी, [&hellip;]</p>

सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउ“पालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्रानकृतिक शिव लिंङग लगायतका विभिन्न देव देवताका आकृतिहरु फेला परेपछि पुजा अर्चना गर्ने भक्तजनको घुईचो लाग्न थालेको छ ।

चुरे पहाड जंगलको श्रृखलामा एक महिना अगाडी स्थानीय बासिन्दा जंगबहादुर माझीले सपनामा कम्पन आउदा फेला पारेको शिवलिंङग लगायत गणेश, गढीमाई, ईच्छामाई, चमेलीमाई,जलदेवी, हनुमान पाईला, सतीदेवी बैश्मदेवी पापधर्म मोचन, ईच्छाधारी नाग, कालीनाग, लगायतका देवदेवीहरुका प्राकृतिक आकृतिहरु फेला परेपछि सो स्थानमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्न थालेको छ ।

फेला परेका प्राकृतिक शिवलिंङगलाई स्थानीयले जलेश्वर महादेवको नाममा दैनिक रुपमा पुजा आराधना गर्दा कतिपय भक्तजनहरुको मनोकांक्षा समेत पुरा भएपछि स्थानीय श्रद्धालु भक्तजनहरुले ती प्राकृतिक देव देवीहरुका आकृतिहरुको संरक्षणकालागि सरकारी सम्बन्धित निकायले चा“सो देखाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताएका छन् ।

चुरे पहाडको वन श्रृखलामा देव देवीका आकृतिहरु फेलापरेपछि सिन्धुली जिल्ला विभिन्न स्थान तथा सर्लाही,महोतरी,धनुषा,रौतहट लगाएत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरुको आगमन हुन थालेकाले सो स्थानमा श्रावण महिनामा महोदेवको शिललिंङगमा जल चढाई मेला लगाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताए ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको हरिवनबाट करिव १२ किलो मिटरको दुरीमा सिन्धुलीको क्यानेश्वर पथराही,पानतले हुदै सो स्थानमा पुगिने भएपछि नया“ पाकृतिक देवदेवीको आकृति अवलोकन गर्न तथा पुजा अर्चना गर्नेहरुको भीड बढेको स्थानीय समाजसेवी रामशरण स्यांतानले बताए ।

सिन्धुली जिल्लाको क्यानेश्वरमा जिल्लाकै सबैभन्दा ठुलो ऐतिहासिक कुण्डताल भएको स्थान नजिकै प्रूाकृतिक देव देवीको आकृतिहरु पेला परेपछि क्यानेश्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास र बिस्तार गर्न समेत सघाउ पुग्ने स्थानीय जनप्रतिनिधि बालकृष्ण नेपाल बताउनु हुन्छ ।

सिन्धुलीको क्यानेश्वरको चुरे पहाड वन श्रृखलामा फेला परेका विभिन्न देव देवीका आकृतिहरु खोटाङ जिल्लाको हलेसी महादेवस“ग मिल्ने प्रकृतिका प्राकृतिहरु आकृतिहरु देखिएपछि स्थानीयले संरक्षण तथा मठ मन्दीरको निर्माण गर्ने तयारी समेत गरिरहेका छन् ।

Share News