सानिमामाई हाइड्रोपावरको खुदनाफा घटेर १५ करोड १९ लाख

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको छ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ ।

गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको छ ।
कम्पनीले बिजुली बेचेर गर्ने आम्दानीमा पनि गिरावट आएको छ । चालु आवको असोजसम्म कम्पनीले बिजुली बिक्री र अन्य स्रोतबाट गरी २९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४१ पैसा छ । कम्पनीको संचित कोषमा ४४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटका सानिमा क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।

Share News