
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको खुदनाफा ०.१४ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा होटलले २ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।
आम्दानीमा कमी आएपनि खर्च कटौतीले नाफामा सामान्य वृद्धि भएको ओरियन्टलले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा ०.११ प्रतिशत कमी आएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख १६ हजार नाफा गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ २३ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस ३० रुपैयाँ थियो । कम्पनीको संचित कोषमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।