३ महिनामा बीपीसीको नाफा २३५ प्रतिशतले बढ्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ । &nbsp; गत आवको सोही अवधिमा बीपीसीको नाफा २ करोड १५ लाख रुपैयाँ मात्र थियो । विद्युत उत्पादनमा भएको वृद्धि र विद्युत महशुल [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा २३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको असोजसम्म बीपीसीले ७ करोड २२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

 

गत आवको सोही अवधिमा बीपीसीको नाफा २ करोड १५ लाख रुपैयाँ मात्र थियो । विद्युत उत्पादनमा भएको वृद्धि र विद्युत महशुल निर्धारण आयोगले बिजुलीको महशुल बढाएपछि यसको असर खुदनाफामा परेको हो ।

समीक्षा अवधिमा कम्पनीले आँधिखोला र झिम्रुक आयोजनाको बिजुली बेचेर कुल २१ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ७१ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९९ पैसा छ । गत वर्षको सोही अवधिमा १ रुपैयाँ २८ पैसा मात्र थियो । कम्पनीको संचित कोषमा २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ छ ।बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण सुरु गरेको छ ।

 

Share News