आइतबार हुँदैछ माथिल्लो तामाकोसीको सुरुङ ‘ब्रेक थ्रु’, ८ प्रतिशत काम मात्रै बाँकी

<p>काठमाडौं । बहुप्रतिक्षत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आइतबार सकिँदै छ ।कुल १८ किलोमिटर लामो सुरुङकको काम सकिएको छ । आयोजनाले आइतबार एक समारोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गर्ने छ । अब ९३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी छ । यस्तै बाँध, विद्युतगृह र प्रसारणलाइनको काम द्रुत गतिमा अघि [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम (ब्रेक थ्रु) आइतबार सकिँदै छ ।कुल १८ किलोमिटर लामो सुरुङकको काम सकिएको छ ।

आयोजनाले आइतबार एक समारोहबीच सुरुङको ब्रेक थ्रु घोषणा गर्ने छ । अब ९३० मिटर लामो सर्चसाफ्ट सुरुङको काम मात्र बाँकी छ ।
यस्तै बाँध, विद्युतगृह र प्रसारणलाइनको काम द्रुत गतिमा अघि बढेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार आयोजनाको ९२ प्रतिशत काम सकिएको छ । अब ८ प्रतिशत मात्र काम बाँकी छ । यसअघि कात्तिकभित्र आयोजनाको सुरुङ ब्रेक थ्रु गर्ने लक्ष्य लिएको थियो ।

हाल इलेक्ट्रोमेकानिकल र हाइड्रोमोकानिकल उपकरणको जडानको काम भइरहेको छ । यस्तै गोंगरबाट न्यू खिम्तीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण भइरहेको छ ।

लामोसाँघु खाडीचौर सडक मार्ग पुननिर्माणको काम भइरहेकाले सामान ढुवानी गर्न समस्या भएको उनले बताए । आयोजनाबाट आगामी ०७५ को असार मसान्तमा पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी छ । पहिलो युनिटले ९१ मेगावाट विद्युत उत्पादन गर्नेछ ।
यस्तै सोही वर्षको मंसिरसम्म बाँकी चार वटा युनिटबाट पनि विद्युत उत्पादन आरम्भ गरिनेछ ।

आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ भएपनि भूकम्प र नाकावन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको पहिलो वर्षको आम्दानी ९ अर्ब रुपैयाँ हुने छ ।

आयोजनामा सिभिल ठेकेदारका रुपमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल उपकरण आपूर्तिमा भारतको टेक्सम्याक लिमिटेड, इलेक्ट्रोमेकानिकल उपकरणमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो र प्रसारणलाइन निर्माणमा भारतको केईसी इन्टरनेसनल र परामर्शदातामा जर्मनीको ल्याह्मेयर इन्टरनेस रहेका छन् ।

 

 

Share News