२८ अर्बका ६ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबारका लागि ६ वटा विकास ऋणपत्र सूचिकृत भएका छन् । नेप्सेले बिहीबार कुल २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आधा दर्जन सरकारी ऋणपत्रलाई कारोबारका लागि सूचिकृत गरेको हो । सूचिकृत हुनेमा न्युतम ५ देखि बढीमा १४ वर्षसम्मका ऋणपत्र छन् । ५ अर्ब रुपैयाँका ५ वटा र ३ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोबारका लागि ६ वटा विकास ऋणपत्र सूचिकृत भएका छन् । नेप्सेले बिहीबार कुल २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आधा दर्जन सरकारी ऋणपत्रलाई कारोबारका लागि सूचिकृत गरेको हो ।

सूचिकृत हुनेमा न्युतम ५ देखि बढीमा १४ वर्षसम्मका ऋणपत्र छन् । ५ अर्ब रुपैयाँका ५ वटा र ३ अर्ब १४ करोड रुपैयाँको १ विकास ऋणपत्र सूचिकृत भएको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । उनका अनुसार १४ वर्षको विकास ऋणपत्र २०८८ क, १० वर्षको २०८४ ख, ७ वर्षको २०८१ क, ५ वर्षको २०७९ ग, ७ वर्षको २०८१ ख खर्ब र ११ वर्षको २०८५ ख खर्ब ऋणपत्र सूचिकृत भएका हुन् । ऋणपत्रको ब्याजदर न्युतम ४.९९ देखि ६.४८ प्रतिशतसम्म छ ।

ऋणपत्रका फेसभ्यालु प्रतिकित्ता १ हजार रुपैयाँ छ । परिपक्व भएपछि नेप्सेले कारोबार बन्द गर्दे आएको छ । यसअघि पनि विकास ऋणपत्र सूचिकृत गर्दा कारोबार नभएको पराजुलीले जानकारी दिए ।

सरकारले विकास आयोजनाका लागि विभिन्न वित्तीय औजारको प्रयोग गरेर आन्तरिक ऋण उठाउने गरेको छ । त्यसमध्येको विकास ऋणपत्र पनि एक हो । हालसम्म बैंकको संस्थागत ऋणपत्र २० वटा र सरकारको १९ वटा कारोबारका लागि नेप्सेमा सूचिकृत भएका छन् ।

 

Share News