गण्डकी विकास बैंकको विराटनगर शाखा सञ्चालनमा

<p>काठमाडौं । गण्डकी विकास बैंकले मोरङ्ग जिल्ला स्थित विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रम बीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका हुन् । सो अवसरमा बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले मोरङ्ग जिल्ला स्थित विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार एक कार्यक्रम बीच बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उक्त शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको बताएका छन् ।

उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबीबीएस, एटीएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ । बैकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा शाखा खोल्ने तयारी भैरहेको छ ।

गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको थियो । सोही अवधीसम्म बैंकको निक्षेप १८ अर्ब ३३ करोड, कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । साथै, बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ ।

हाल बैंकले बैंकले ५३ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ् सेवा सुविधा दिँदै आएको छ ।

Share News