टेलिकमको सेयर मूल्य बढ्न थालेपछि खुद नाफा घट्न थाल्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । चालु आवको ३ महिनामा टेलिकमकाे खुद नाफा घटेर ४ अर्ब ५ करोड ६५लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ४ अर्ब १४ करोड २९ लाख रुपैयाँ थियो । ३ महिनामा टेलिकमले ११ अर्ब ८३ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । चालु आवको ३ महिनामा टेलिकमकाे खुद नाफा घटेर ४ अर्ब ५ करोड ६५लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ४ अर्ब १४ करोड २९ लाख रुपैयाँ थियो ।

३ महिनामा टेलिकमले ११ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकले ११ अर्ब ३६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । ३ महिनामा टेलिकमको ईपीएस १०८ रुपैयाँ छ । गत असारमा ११० रुपैयाँ थियो । टेलिकमले सम्पत्ति बढाउन रणनीतिक साझेदार ल्याउने तयारी गरेको जानकारी दिएको छ । तर कम्पनीकाे सेयर मूल्य भने पछिल्लाे समयमा बढिरहेकाे छ । यस कम्पनीकाे सेयर मूल्य धेरै वर्षसम्म प्रतिकित्ता ७१२ रूपैयाँ भन्दा कम थियाे । हाल यस कम्पनीकाे सेयर मूल्य ८५० रूपैयाँ हाराहारीमा छ ।

 

Share News