सबैभन्दा बढी अाय कर तिर्ने व्यक्तिमा सिद्धार्थ शम्शेर राणा र संस्थामा सूर्य नेपाल प्रालि

<p>&nbsp; काठमाडौं । गत वर्ष सबैभन्दा बढी आयकर बुझाउनेमा व्यक्तिगततर्फ सिदार्थशम्शेर राणा भएका छन् । तारा म्यानेजमेन्ट समूहका अध्यक्ष रहेका राणा गत वर्ष सबैभन्दा बढी कर तिर्नेको सूचिमा परेका हुन् । यसअघि पनि राणा धेरै कर तिर्नेको सूचिमा पर्दे आएका छन् । यस्तै स्वास्थ्यतर्फ डा. उपेन्द्र देवकोटा परेका छन् । उनी वार्षिक ५ करोड रुपैयाँ [&hellip;]</p>

 

काठमाडौं । गत वर्ष सबैभन्दा बढी आयकर बुझाउनेमा व्यक्तिगततर्फ सिदार्थशम्शेर राणा भएका छन् ।

तारा म्यानेजमेन्ट समूहका अध्यक्ष रहेका राणा गत वर्ष सबैभन्दा बढी कर तिर्नेको सूचिमा परेका हुन् । यसअघि पनि राणा धेरै कर तिर्नेको सूचिमा पर्दे आएका छन् ।

यस्तै स्वास्थ्यतर्फ डा. उपेन्द्र देवकोटा परेका छन् । उनी वार्षिक ५ करोड रुपैयाँ कर तिर्नेका सुचिमा परेका छन् । उत्पादनतर्फ सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल प्रालि भएको छ । यस्तै भर्सेन्ड टेक्नोलोजिज प्रालि पनि सम्मानित भएकाे छ ।

बढी आयकर तिर्ने अन्य कम्पनीमा जलविद्युततर्फ हिमाल पावर लिमिटेड,कृषितर्फको राष्ट्रिय बिउँबिजन कम्पनी लिमिटेड, बैंकतर्फ हिमालयन बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षातर्फ त्रियोग उच्च माध्यमिक विद्यालय र पर्यटनतर्फ टाइगर टप्स प्रालि परेका छन् ।

यस्तै व्यापारतर्फ सिप्रदी ट्रेडिङ प्रालि र मूल्य अभिवृद्धि कर (भ्याट) बढी तिर्नेनमा पवनकुमार इन्टरनेसनल प्रालि सम्मानित भएका छन् । छैठौं कर दिवसका अवसरमा शुक्रबार मुख्यसचिव लोकदर्शन रेग्मीले बढी करतिर्न १५ करदातालाई सम्मानित गरेका छन् ।

Share News