काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ४७ करोड ९१ लाख नाफा कमाएका छन् । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने १४ कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा आफ्नो नाफा २१.२९ प्रतिशतले वृद्धि गरेर करिब ४८ करोड पुर्याएका हुन् ।
गत आवको असोज मसान्तसम्ममा यीनै कम्पनीहरुले जम्मा ३९ करोड ५० लाख मात्रै नाफा कमाउन सफल भएका थिए । शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । कम्पनीको आफ्नो नाफालाई ८ करोड ७० लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याएको छ ।
एनएलजी इन्स्योरेन्सले पनि ४ करोड ३८ लाखबाट बढाएर ५ करोड २५ लाख नाफा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख नाफा कमाउँदा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड १२ लाख मुनाफा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले भने सबै भन्दा थोरै ४४ लाख मात्रै नाफा कमाउन सफल भएको छ । एभरेष्टले गत आवको असोज मसान्त अवधीमा जम्मा १० लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।
