रौतहटको चन्द्रपुरमा बम बिस्फोट, २ जना गम्भिर घाइते

<p>काठमाडौं । रौतहटको चन्द्रपुरमा बम बिस्फोट भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा(एमाले)को वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटनमा परि एक जना बालक र एक जना महिला गम्भिर घाईते भएको सो क्षेत्रका निवर्तमान सांसद रामकुमार भट्टराईले बताए । भट्टराईले नै घाइतेहरुको उद्धार गरि अस्पताल पठाएका थिए । अन्य पाँच [&hellip;]</p>

काठमाडौं । रौतहटको चन्द्रपुरमा बम बिस्फोट भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा नेकपा(एमाले)को वडास्तरिय कार्यकर्ता भेलामा बम बिस्फोट भएको हो । बिस्फोटनमा परि एक जना बालक र एक जना महिला गम्भिर घाईते भएको सो क्षेत्रका निवर्तमान सांसद रामकुमार भट्टराईले बताए ।

भट्टराईले नै घाइतेहरुको उद्धार गरि अस्पताल पठाएका थिए । अन्य पाँच जना कार्यकर्ता पनि घाइते भएको उनले जानकारी दिए ।
घट्नास्थलमा भर्खरै मात्र प्रहरी पुगेको छ ।

Share News