
काठमाडौं । समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको संस्थापक र साधारण हकप्रद सेयर लिलामी हुने भएको छ ।
बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले मंसिर ११ गतेसम्म बोलपत्र पेश गर्न समय दिएको छ ।
संस्थापक तर्फ २२ हजार ४६७ र साधारण समूहतर्फको ४ हजार ८२ कित्ता गरी २६ हजार ५४९ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो ।
बैंकले चुक्तापुँजी बढाउन भदौ २९ गतेदेखि कात्तिक १ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद लिलामी गर्न लागेको हो ।