
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सोल्टी होटल लिमिटेडको खुदनाफामा भारी गिरावट आएको छ ।
चालु आवको ३ महिनामा होटलले ३५ लाख ३५ हजार रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा होटलले ३ करोड १५ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
हिमालयन विंग भवनमा रहेका १७७ कोठाको स्तरोन्नेती तथा भित्री सजावटका लागि बन्द भएपछि आम्दानीमा गिरावट आएको होटलले जनाएको छ ।
समीक्षा अवधिमा होटलले २६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा होटलको आम्दानी २९ करोड ४१ लाख रुपैयाँ थियो ।