ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई मंसिर ३ गते १ बराबर ४ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्रीन डेभलपमेन्ट बैंकलाई ४०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई मंसिर ३ गते १ बराबर ४ को अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो ।

कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । ४०० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।

Share News