सेयर बजारमा ३९ करोडको कारोबार, ग्रीन डेभलपमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि

<p>काठमाडौं । सोमबारको सेयर बजारमा ३९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटि हो । आइतबारको बजारमा ४५ करोड बराबरको सेयर कारोबार भएको थियो । सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा कारोबार रकम सँगै नेप्से [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजारमा ३९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटि हो । आइतबारको बजारमा ४५ करोड बराबरको सेयर कारोबार भएको थियो । सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता सेयर किनबेच भएका छन् ।

बजारमा कारोबार रकम सँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार ६.५६ अंकले झरेर १४६९ अंकमा अडेको छ ।

बजार राताम्मे हुँदा पनि ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । अघिल्लो दिनको तुलनामा आज यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता ४६ रुपैयाँ बढी कमाएका छन् । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ रहेको छ । यस कम्पनीले सेयरधनीमाझ ४०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाइसकेको छ ।

सोमबार अन्य समूहको परिसूचक बाहेक बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने सामान्य २.८९ अंकले उकालो लागेका छन् ।

Share News