हाथवे इन्भेष्टमेन्टको नयाँ भवन लैनचौरमा, सुचिकृत कम्पनीको शेयरमा लगानी गर्ने

<p>काठमाडौं । आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नयाँभवन लैनचौरको भवनहाथवे कम्प्लेक्समा सारेको छ । यस कम्पनी सोमबारदेखि उक्त स्थानमा सरेको हो । नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेका छन् । स्थापनाको छोटो समयमा नै पुँजी बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको [&hellip;]</p>

काठमाडौं । आइएमई समुहद्धारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नयाँभवन लैनचौरको भवनहाथवे कम्प्लेक्समा सारेको छ । यस कम्पनी सोमबारदेखि उक्त स्थानमा सरेको हो ।

नयाँभवनको उदघाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेका छन् । स्थापनाको छोटो समयमा नै पुँजी बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल यस कम्पनीको मुख्य उदेश्य सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको छ । पुँजी बजारका अलवादीधकालीन लगानीका रुपमा रियलस्टेट, हाईडोपावर, विमाब्यवसाय जस्ता क्षेत्रहरुमा समेतलगानी गरेको यस कम्पनीले विगतमा समस्याग्रत रहेका एनबी इन्स्योरेन्स कम्पनी र अरुण फाईनान्स लि. को शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलता पुर्वक संचालनमा ल्याएको छ ।

उद्घाटनको अवसरमा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानी कम्पनीको रुपमा स्थापित गराउने बताए ।

नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी(ओभर द काउन्टर) मार्केटमा सुचिकृत यस कम्पनीको शेयर खरिद बिक्री गर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद बिक्री गर्न सक्ने छन् । साथै, कम्पनीको ५० रुपैयाँ प्रतिकित्ता शेयर १२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Share News