पाँच बर्षमा केरुङ-काठमाडौं रेलवे बनाउने योजना काल्पनिक हुनः डा. रामशरण महत

<p>काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको बताएका हुन् । सोमबार नेपाल उद्योग बाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अबको संकल्प, आर्थिक समृद्धि नामको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको र त्यो सम्भव नहुने [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको बताएका हुन् । सोमबार नेपाल उद्योग बाणिज्य महासंघले राजधानीमा आयोजना गरेको अबको संकल्प, आर्थिक समृद्धि नामको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले पाँच बर्षभित्र केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने योजना काल्पनिक भएको र त्यो सम्भव नहुने बताएका हुन् ।

‘पाँच बर्षमा केरुङ–काठमाडौं रेलवे बनाउने भन्ने योजना छ, अझै त्यसलाई बढाएर पोखरा र लुम्बिनीसम्म लैजाने भनिएको छ, यी काल्पनिक योजना हुन, सम्भव छैनन्’, डा. महतले भने । उनले नेपालका राजनीतिज्ञहरुले काल्पनिक योजना अघि सारेर भाषणवाजीमै अल्झिएको आरोप समेत लगाए । ‘नेताहरुले महत्वकांक्षी योजना बनाउनु पर्छ, तर ती योजना भाषणमा मात्रै सिमित बन्नु हुन्न, तर हामी कार्यान्वयनको कुनै योजना नभै भाषण मात्रै गरिरहेका छौं’, डा. महतले भने ।

उनले भाषण गर्न सजिलोे हुने तर काम गर्न कठिन हुने भन्दै सम्भव हुने खालका योजना मात्रै भाषणमा समेटिनुपर्नेमा पनि जोड दिए । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत सुधार्न नसक्नेहरुले पाँच बर्षमा केरुङ–काठमाडौं रेलवे निर्माण गर्ने सपना बाढ्नु नै आश्चर्यजनक भएको पनि बताए ।

Share News