नेपाल बङ्गलादेश बैंकका नवनिर्वाचित अध्यक्ष जलाल अहमदद्धारा शपथ ग्रहण

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नवनिर्वाचित अध्यक्ष जलाल अहमदले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको हालै सम्पन्न तेईसौं बार्षिक साधारणसभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरेको थियो । उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको नवनिर्वाचित अध्यक्ष जलाल अहमदले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बैंकको हालै सम्पन्न तेईसौं बार्षिक साधारणसभाले सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा जलाल अहमदलाई अध्यक्ष चयन गरेको थियो ।

उक्त सभाबाट संस्थापक शेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह अलाम सरावर, मनिरुल इस्लाम तथा सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्र बहादुर थापा, दीपक कार्की र मुकुन्द नाथ ढुंगेलसञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

Share News