पञ्चकन्या माई हाइड्रोपावरले ११ करोडको आईपीओ निष्कासन गर्न पायो अनुमति

<p>काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार पञ्चकन्या माईलाई जलविद्युत आयोजनाबाट प्रभावितका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले इलाममा ९.९ मेगावाट क्षमताको अपरमाई खोला आयोजना [&hellip;]</p>

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले ११ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार पञ्चकन्या माईलाई जलविद्युत आयोजनाबाट प्रभावितका लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले इलाममा ९.९ मेगावाट क्षमताको अपरमाई खोला आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीको जारी पुँजी ९९ करोड रुपैयाँ रहेको छ । यसमध्ये १० प्रतिशत स्थानिय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ ।

Share News