
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण समूहको हकप्रद सेयर लिलाम हुने भएको छ । संस्थाको साधारण समूहको १ हजार ३५१ कित्ता सेयर खरिद गर्न मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न भनिएको छ ।
संस्थाको असोज ६ देखि कात्तिक ७ गतेसम्म हकप्रद सेयर निष्कासनका गर्दा आवेदन नपरेको सेयर संस्थाले लिलामी गर्न लागेको हो । किसानले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।