
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर २१ रुपैयाँ नगद लाभांश दिने भएको छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव स्वीकृत गर्न कम्पनीले मंसिर २९ गते साधारणसभा बोलाएको छ ।
कम्पनी, जावलाखेल ग्रुप अफ कम्पनिज, फुड एन्ड बेभरेज टेक्नोलोजिज र जेजीआई डिस्ट्रव्यसनबीच भएको सम्झौतालाई सभाले अनुमोदन गर्ने छ ।