बुधबारको सेयर बजार ८ अंकले उकालो

<p>काठमाडौं । बुधबारको सेयर बजार ८ दशमलब ०२ अंकले उकालो लागेर १४८० अंकमा पुगेको छ । बजारमा १५९ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर ३४ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक ५५ अंकले बढेको छ । त्यस्तै, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३५ र [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार ८ दशमलब ०२ अंकले उकालो लागेर १४८० अंकमा पुगेको छ । बजारमा १५९ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर ३४ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ ।

सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक ५५ अंकले बढेको छ । त्यस्तै, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३५ र २० अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ०.१६ र ०.८६ अंकले झरेका छन् ।

मंगलबार जस्तै बुधबार पनि सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकको २ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.४९ प्रतिशत गुमाएका छन् ।

Share News