रसुवा । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले केरुङबाट काठमाडौं आइपुग्ने रेलमार्गलाई कसैले रोक्न नसक्ने बताएका छन् । रसुवामा आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै उनले दुनियाँको कुनै शक्तिले केरुङ काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलाई रोक्न नसक्ने बताएका हुन् ।
उनले केपी ओलीको सरकारका बेलामा भएका दिर्घकालिन महत्वका सम्झौताहरु कार्यान्वयन गर्न र नेपाललाई समृद्ध बनाउन वाम गठबन्धनलाई दुई तिहाई बहमत आवश्यक रहेको बताए । नेता ढकालले केरुङ मार्गलाई अन्तर्राष्ट्रिय मार्ग बनाइसकिएकाले अब रसुवाको पनि समृद्धिको ढोका खोलीएको बताए ।
रसुवागढी नाकालाई प्राथमिकतामा राख्न र चीनसँगको व्यापार रसुवागढीबाट हुने वातावरण बनाउन आफुले महत्वपुर्ण भुमिका खेलेको बताए । नेता ढकालले रसुवाबाट अन्तर्राष्ट्रि नाकाको ढोका खोलिएको उल्लेख गर्दै अब बन्ने वाम गठबन्धनको सरकारले रसुवालाई उच्च प्राथमिकता दिने बताए । नेता ढकालले भूकम्प पछिको पुननिर्माण, राहत वितरण र उद्दारमा आफुले खेलेको भुमिका रसुवाबासीले सम्झिरहेको उल्लेख गर्दै आफ्नो विजय निश्चित भएको दाबी गरे ।
नेता ढकालले रसुवाबासीले विकास र समृद्धि चाहेको उल्लेख गर्दै आफुसँग रसुवा विकासमा स्पष्ट भिजन रहेको पनि बताए । ढकालले वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन पनि रसुवाबासीसँग आग्रह गरेका छन् ।