नयाँ दिल्ली । भारतले प्याजको न्यूनतम निर्यात मूल्य तोकेको छ । भारतले प्याजको मूल्यवृद्धिमा अंकुश लगाउँदै भारतीय सरकारले प्याजको निर्यात मूल्य ८ सय ५० अमेरिकी डालर प्रति टन तय गरेको छ ।

घरेलू बाजारमा प्याजको आपूर्ति बढाउन र मूल्यवृद्धि नियन्त्रण गर्न भारतले प्याजको निर्यात मूल्य तोकेको हो ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका योजना अधिकृत रमेश डंगोलका अनुसार नेपालमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको छ । भारतले निर्यातमा अंकुश लगाएपछि नेपाली प्याजको बजार पनि प्रभावित हुनेछ।
समितिका अनुसार हाल नेपालमा प्याजको मूल्य प्रति किलो ८५ रुपैयाँ रहेको छ । एक महिनामा प्याजको मूल्य प्रति किलो १५ प्रतिशतले महंगिएको छ ।
प्याजको निर्यात अब ८५० डालर प्रति टनभन्दा कम भाउमा गर्न नपाइने भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । सरकारले यस अगाडी गत २०१५ मा प्याजको न्युनतम मूल्य घटाएको थियो ।
विदेश व्यापार महानिदेशालय डीजीएफटीका अनुसार, प्याज का निर्यात आगामी ३१ डिसेम्बर २०१७ सम्म क साखपत्र एलसी मार्फत ८५० डलर प्रति टनको न्यूनतम निर्यात मूल्यमा कारोबार गर्नुपर्नेछ ।