काठमाडौं । नगर प्रहरीले राजधानीको खुल्लामञ्चस्थित बसपार्कमा अतिक्रमण गरेर बसेका व्यापारीका अनाधिकृत टहरा हटाएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएपछि प्रहरीले टहरा हटाएको हो ।

काठमाडौं महानगरपालिका र नगर प्रहरी महाशाखाविरुद्ध उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । स्रोत अनुसार महानगरपालिका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की र नगर प्रहरी महाशाखा प्रमुख डिएसपी विष्णूप्रसाद जोशीविरुद्ध अनाधिकृत पसल सञ्चालन गराई राजस्व ठगी गरेको आरोप छ ।
बसपार्कको आधा भागमा सञ्चालित बसपार्कमा १ भोजनालय, तीनवटा मझौला होटल, एउटा सस्तो किराना स्टोर पसल, एउटा पसल गरी जम्मा ६ वटा पसल र एउटा शौचालय सञ्चालनमा थिए । त्यस्तै सोही स्थानमा यात्रु प्रतिक्षालय भनी बनाएको स्थानमा करिब ४५ वटा खुद्रा कपडा तथा फलफुल पसल सञ्चालनमा थिए ।
प्रतिक्षालय बनाउनपर्ने ठाँउमा अनाधिकृतरुपमा व्यापारी सञ्चालनमा ल्याएको भन्दै अख्तियारमा उजुरी परेको थियो । प्राप्त जानकारी अनुसार महानगरपालिकाका कर्मचारी, नगरप्रहरी र व्यापारीको मिलेमतोमा मासिक करिब साढे ६ लाख रुपैयाँ बराबरको भ्रष्टाचार गरेको र महानगरपालिकालाई राजश्वबाट बञ्चित गरिएको छ ।
गत असोज २८ मा यथास्थितीमा बसपार्क सञ्चालन गर्दा आय घटेको भन्दै विभागले अनाधिकृत टहरा र फुटपाथ पसल हटाउन नगर प्रहरीलाई पत्राचार गरेको थियो । विभागका अनुसार गत आर्थिक वर्षमा महानगरले उक्त बसपार्कबाट करिब ४१ लाख रुपैयाँ बराबरको राजश्व असुलेको थियो ।
उक्त पत्र अनुसार प्रतिक्षालय भनिएका ठाँउमा बनाइएका टहरामा पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
उनका अनुसार महानगरपालिकाले अनुगमन गर्दा उक्त टहरा अतिक्रमण गरि सञ्चालनमा ल्याएको पाइएको थियो । अनाधिकृत पसलहरु हटाउन महानगरले नगर प्रहरी कार्यालयलाई पत्राचार गरिपछि हटाएको काफ्लेले बताए ।
यो पनि पढ्नुहोस् :