काठमाडौं । आज साढे १२ बजेसम्ममा ४० प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार देशभर संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, दिउँसो १२ः३० बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ । बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।