सेयर बजार २१ अंकले बढ्यो, यी हुन धेरै कारोबार हुने ६ कम्पनी

<p>काठमाडौं । आइतबार सेयर बजार २१ अंकले बढेको छ । केही दिनदेखि गिरावट आएको सेयरबजार आइतबार बढेर नेप्से परिसूचक १५१४.३४ अंकमा पुगेको छ । बजार बढेपछि आइतबार ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार व्यापार बाहेक सबै क्षेत्रको बजार बढेको छ । आइतबार सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंकको भएको [&hellip;]</p>

काठमाडौं । आइतबार सेयर बजार २१ अंकले बढेको छ । केही दिनदेखि गिरावट आएको सेयरबजार आइतबार बढेर नेप्से परिसूचक १५१४.३४ अंकमा पुगेको छ ।

बजार बढेपछि आइतबार ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार व्यापार बाहेक सबै क्षेत्रको बजार बढेको छ ।
आइतबार सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंकको भएको छ । स्ट्यान्डर्डको प्रतिकित्ता २ हजार ११५ रुपैयाँमा ६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै नेपाल बैंकको ५ करोड ५९ लाख, चिलिमे हाइड्रो पावर कम्पनीको ४ करोड १२ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४९ लाख, एभरेष्ट बैंकको २ करोड ३८ लाख र बुटवल पावर कम्पनीको २ करोड २२ लाख मूल्य बराबरको सेयर किनबेच भएको छ ।

आइतबार बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता २७५ रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २३५ रुपैयाँ कमाएका छन् ।

 

Share News