नेप्से सामान्य अंकले घट्दा ६५ करोडको सेयर कारोबार

<p>काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ । सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर [&hellip;]</p>

काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ ।

सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ४८ लाख रुपयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडार्ण्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News