गुरुप्रसाद न्यौपानेको दलिल, ठूलो लगानी चाहिएपछि त्रिशुली गल्छीको क्षमता घटाउन लागिएको हो

<p>काठमाडौं । लगानी जुटाउन नसकेपछि गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको सिद्धकाली पावर लिमिटेडले त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटाउन लागेको छ । आयोजनाको जडित क्षमता ७५ मेगावाटबाट ५० मेगावाट घटाएर २६ मेगावाटमा सीमिति गर्न लागेका हो । विद्युत विकास विभागमा मंगलबार सिद्धकालीले ८ किलोमिटर लामो ८.१ मिटर लामो सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको [&hellip;]</p>

काठमाडौं । लगानी जुटाउन नसकेपछि गुरुप्रसाद न्यौपाने अध्यक्ष रहेको सिद्धकाली पावर लिमिटेडले त्रिशुली–गल्छी जलविद्युत आयोजनाको क्षमता घटाउन लागेको छ ।

आयोजनाको जडित क्षमता ७५ मेगावाटबाट ५० मेगावाट घटाएर २६ मेगावाटमा सीमिति गर्न लागेका हो । विद्युत विकास विभागमा मंगलबार सिद्धकालीले ८ किलोमिटर लामो ८.१ मिटर लामो सुरुङ हुदा जोखिम बढेको र ठुलो लगानी आवश्यक भएको भन्दै क्षमता घटाएर २६ मेगावाट बनाउन लागेको जानकारी दिएकाे छ । न्यौपानेले ७५ मेगावाट आयोजना बनाउन भन्दै करोडौ रुपैयाँ उठाएका छन् । सिद्धकालीले सुरुङ विनै आयोजना निर्माणको प्रस्ताव गरेको छ ।

भारतको डिजाइन ग्रुप कन्सल्टेन्ट कम्पनीले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले आयोजना आर्थिक रुपमा आकर्षक देखाएको छ । आयोजनाबाट बैंक तथा वित्तीय संस्था पछि हटेपछि आयोजनाको क्षमता घटाइएको तर्क सिद्धकालीको छ ।

यसअघि लक्ष्मी बैंकको अगुवाइमा आयोजनामा लगानी गर्ने सहमति भएको थियो । यसअघि डलर अर्बपति विनोदकुमार चौधरीले आयोजनामा लगानी गर्ने भनेकोमा उनी पछि हटेपछि आयोजना अन्यौलमा परेको छ । कम्पनीका अध्यक्ष न्यौपाने अहिले लगानीकर्ता खोज्दै हिडेका छन् ।

पीपीए भइसकेको र सरकारले विद्युत उत्पादन लाइसेन्स दिइसकेको अवस्थामा कम्पनीले आयोजना बनाउनलाई लगानी जुटाउन सकेको छैन् । सिद्धकालीको सञ्चालकमा बुहारी पुजा दाहाल र छोरा सतिश न्यौपाने छन् ।

सरकारले सिद्धकालीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । नेपाल विद्युत प्राधिकरण र सिद्धकालीबीच आयोजनाबाट उत्पादन हुने बिजुली खरिदविक्रि सम्झौता (पीपीए) भइसकेको छ । जसअनुसार हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ ।

आयोजनाको ८० प्रतिशत स्वामित्व अपि पावर लिमिटेडको छ । अपिले सुदुरपश्चिममा साढे ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । अपीले यही आयोजना बनाउ हकप्रद सेयर निष्कासनको तयारी थालेको थियो ।२ अर्ब १० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छैन् ।आयोजनाको बाँध नुवाकोटको रातमाटे र विद्युतगृह धादिङको कल्लेरी गाविस स्थित हाँडीखोलाटारमा हुने छ ।

Share News