
काठमाडौं । निर्धन उत्थान बैंकले नेपाल ग्रामीण विकास बैंकमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । निर्धनले ग्रामीण विकासमा रहेको १ लाख ४५ हजार ५७२ कित्ता संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता २ सय रुपैयाँ राखी पुनः बोलपत्र आब्हान गरेको छ ।
सेयर निष्कासनका लागि शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर २६ गतेलाई तोकिएको छ । ग्रामीण बिकास बैंकको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ छ ।
यसअघि १ लाख ९१ हजार ९९२ कित्ता संस्थापक सेयर बिक्रीका लागि बोलपत्र आब्हान गर्दा धेरै बिक्री नभएपछि सेयर मूल्य घटाएर पुनः बोलपत्र आब्हान गरिएको हो । सेयर बिक्री प्रवन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड छ । ग्रामीण विकासले हालै आईपीओ निष्कासन गरेको हो ।