डिप्रोक्स लघुवित्त विकास बैंकले १६ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कम्पनीको मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

उक्त घोषणा कम्पनीको मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७० करोड नाघ्ने कम्पनीले जनाएको छ ।

Share News