काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो ।
लघुवित्तले मंसिर ७ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।