चुनाव लगत्तै तराईका बाढी पीडितलाई एकमुष्ठ २५ हजार राहत

<p>काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो । राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पीडितलाई राहतको १५ हजार र न्यानो कपडा खरिद गर्न थप १० हजार रुपैंयाँ एकमुष्ठ उपलब्ध गराउनेछ । ‘मन्त्रि परिषदले प्राधिकरणको अगुवाईमा रकम वितरण गर्ने भनेको छ, हामीले बजेटका लागि अर्थ मन्त्रालयमा लेखि पठाएका छौं, निर्वाचन लगत्तै वितरण आरम्भ हुन्छ’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने ।

गत साउनको बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पुर्णरुपले विस्थापित भएका थिए भने १८ जिल्लाका १ सय ३४ को मृत्यु भएको थियो ।
गत कात्तिक ६ गतेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो । अब सोही समितिले चुनावपछि बाढी तथा डुबान पीडितलाई राहत तथा न्यानो कपडाका लागि रकम उपलब्ध गराउनेछ ।

बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको थियो ।

Share News