सेयर बजार दोहोरो अंकले उक्लियो

<p>काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ । बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ ।

बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम करिब ८ करोड रुपैयाँले घटि हो ।

चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ रहेको छ ।

त्यस्तै, मंगलबार कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक ३४.४१ अंकले उकालो लागेको छ । उता, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बीमा र उत्पादनमूलक समूहको परिसूचक राताम्मे भएका छन् ।

मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ८ प्रतिशत कमाएका छन् ।

Share News