एनआईबीएल र एस क्यापिटलले मर्जरमा जान मंसिर २९ गते बोलाए विशेष साधारणसभा

<p>काठमाडौं । दुई मर्चेन्ट बैंकर एकआपसमा (मर्जर) गाभिने भएका छन् । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्जरमा जान मंसिर २९ गते विशेष साधारणसभा बोलाएका छन् । दुबैको सञ्चालक समितिले निर्णय गरे बमोजिम १ बराबर १ अनुपातमा सेयर स्वामित्व (स्वाप रेसियो) रहने गरी मर्जरमा जाने प्रस्ताव साधारणसभामा पेश हुने भएको छ । मर्जरपछि [&hellip;]</p>

काठमाडौं । दुई मर्चेन्ट बैंकर एकआपसमा (मर्जर) गाभिने भएका छन् । एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्जरमा जान मंसिर २९ गते विशेष साधारणसभा बोलाएका छन् ।

दुबैको सञ्चालक समितिले निर्णय गरे बमोजिम १ बराबर १ अनुपातमा सेयर स्वामित्व (स्वाप रेसियो) रहने गरी मर्जरमा जाने प्रस्ताव साधारणसभामा पेश हुने भएको छ ।

मर्जरपछि कम्पनीको नाम एनआईबीएल एस क्यापिटल लिमिटेड रहने भएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछि दुबै संस्था मर्जरमा जान लागेका हुन् ।

Share News