५० प्रतिशत हकप्रद निष्काशन गर्दै एनसीसी बैंक, धितोपत्र बोर्डमा जाने तयारी

<p>काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी थालेको छ । बैंकले २ बराबर १ अनुपातमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा जान लागेको हो । धितोपत्र बोर्डमा जानका लागि तयारी पुरा गरेको र केही दिनभित्र निवेदन दिने एनसीसीका प्रमुख कार्यकारी [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी थालेको छ । बैंकले २ बराबर १ अनुपातमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा जान लागेको हो ।

धितोपत्र बोर्डमा जानका लागि तयारी पुरा गरेको र केही दिनभित्र निवेदन दिने एनसीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्यालले बताए । हकप्रद निष्कासन बोर्डको स्वीकृतिमा निर्भर रहने बताउदै उनले अनुमति पाउन साथ निष्कासनको प्रक्रिया थालिने जानकारी दिए । एनसीसीले गत वर्ष नै चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

गत वर्षको नाफा र हकप्रदपछि चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने उनले जानकारी दिए । २८ मध्ये २७ वाणिज्य बैंकले पुँजी बढाइसकेको अवस्थामा एनसीसीले मात्र बाँकी छ । नेपाल राष्ट्र बैंकले दिएको समयसीमा भित्रै चुक्तापुँजी पुर्याउने अर्यालको भनाई छ । गत आर्थिक वर्षको लेखापरीक्षणको काम भइरहेकाले सकिन साथ वार्षिक साधारणसभाको मिति तय हुने उनले जानकारी दिए ।

४ वटा विकास बैंकलाई प्राप्ति गर्दा पनि बैंकको चुक्तापुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ मात्र छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा र हकप्रदबाट बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउने योजना सार्वजनिक गरेको छ । ४ वटा विकास बैंकलाई प्राप्ति गरेपछि गत आवमा बैंकको खुदनाफा बढेर १ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ७० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १६ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १२ करोड ९० लाख रुपैयाँ खुदनाफा गरेको थियो । एपेक्स डेभलपमेन्ट बैंकको निष्क्रिय कर्जा पनि असुली भइरहेको अर्यालले बताए ।

एनसीसीले हकप्रद सेयर निष्कासन तथा गत आवको लाभांश घोषणा गर्न बाँकी भएपछि केही दिनयता बढी सेयरको मूल्य बढ्नुका साथै कारोबार बढी हुन थालेको छ । बैंकको सेयर बढेर प्रतिकित्ता ३६५ रुपैयाँ पुगेको छ ।

 

Share News