काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी ट्याबए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस भएको, इन्टरनेट चलाउने, फोटो खिच्न र गेम लन्चरको लागि यो डिभाईस उत्कृष्ट उत्पादन भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाइँको इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ । यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउस हो, ग्यालेक्सी ट्यावए २०१७ मा शानदाश ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ । लामो समयसम्म चल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ । ग्यालेक्सी ट्याव ए २०१७मा सामसङगको उत्कृष्ट फिचर बिक्सबीहोम पनि समावेश गरिएको छ, जसबाट उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनि कुरा सहजै खोज्न सक्नेछन् ।
‘बिक्सबीले तपाइँको रुटिन जान्दछ, र तपाइँलाई आवश्यकभएको कन्टेन्ट तत्काल उपलब्ध गराउँदछ । यसको प्रयोगबाट तपाइको समय र स्थानको आधारमातपाइँलाई के चाहिएको छ त्यो पनि यसले आफै पहिचान गर्दछ, यसरी तपाइले यो डिभाइसको पूरा उपयोग गर्न सक्नुहुन्छ’ सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने “हामीले उपभोक्ताद्वारा प्राप्तभएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुका चाहना एवं आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेका छौं । ग्यालेक्सी ट्याव ए २०१७मा शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको राम्रो समिश्रण रहेको छ । यो क्वालिटि इन्टरटेनमेन्ट एक्सपिरियन्स खोज्ने ग्राहकहरुका लागि उत्कृष्ट छ । ग्यालेक्सी ट्याव ए ले नेपालमा पनि आफ्नो मजबूत पकड जमाउन मद्दत गर्ने छ ।”
यो ट्याबमा “किड्स मोड” को सुविधाउपलब्ध रहेको छ । यो एउटा यस्तो डिजिटल प्ले ग्राउन्ट हो जुन पूर्ण रुपमा सुरक्षित छ र बच्चाहरुले खेल्दा खेल्दै सिक्न सक्छन्– कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।