माछापुच्छ्रे बैकको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

<p>काठमाडौं । माछापुच्छ्रे बैक लिमिटेडको सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १९औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले बैंकको आर्थिक बर्ष २०७३/७४को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, उक्त सभाले आगामी ३ वर्षको लागि [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैक लिमिटेडको सेयरधनीलाई ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको १९औँ वार्षिक साधारण सभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभाले बैंकको आर्थिक बर्ष २०७३/७४को बार्षिक प्रतिबेदन पारित गरेको छ । साथै, उक्त सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्व ३९ करोड रुपैयाँ रहेको छ । उक्त पारित बोनस पश्चाात कम्पनीको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

सोही अवसरमा बैंकले पोखराको नयाँबजार स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

बैंकले आ.व. २०७४/७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै २०७४ असोज मसान्त सम्ममा ६० अर्व ३० करोड रुपैयाँ निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

Share News