जुम्ला प्रदेश ख मा एमालेका पदमबहादुर रोकाया विजयी

<p>जुम्ला । जुम्ला प्रदेश क्षेत्र नं ९ख० मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।  नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए [&hellip;]</p>

जुम्ला । जुम्ला प्रदेश क्षेत्र नं ९ख० मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।  नेकपा (एमाले) बाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली काँग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याएका छन् ।

रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा काँग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए ।

सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मनुभएका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।  विसं २०३८ देखि नेकपा (माले)बाट राजनीतिक जीवन शुरुवात गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुनुहुन्छ । रासस

Share News