भोजपुर प्रदेश (ख)मा एमालेका शेरधन राई विजयी

<p>भोजपुर । भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी भएका छन् । राईले २० हजार ३३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गरेका हुन् । प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार [&hellip;]</p>

भोजपुर । भोजपुर प्रदेशसभा सदस्य (ख) मा वाम गठबन्धनबाट एमालेका नेता शेरधन राई विजयी भएका छन् ।

राईले २० हजार ३३४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गरेका हुन् ।

प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको थियो । जसमध्ये दुई हजार ४३४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

Share News