नेपालकाे सीमा क्षेत्रमा बस सेवा विस्तार गर्ने भारतीय प्रस्ताव, सीमा क्षेत्रका सडक निर्माण तत्काल थालिने

<p>काठमाडौं । नेपाल र चीनबीच सडक र रेलमार्ग निर्माणबारे अध्ययन, सर्भे र छलफल बढ्दै गर्दा छिमेकी भारतले पनि नेपाल जाेड्ने मार्ग र सवारी सुविधामा सुधार चाहेकाे देखिएकाे छ । भारतको सडक यातायत मन्त्रालयले नेपालसँग सीमा जोडिएका भारतका तीन राज्यहरु विहार, उत्तरखण्ड र उत्तर प्रदेशबाट नेपालसम्म सीधा बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ । तीन [&hellip;]</p>

काठमाडौं । नेपाल र चीनबीच सडक र रेलमार्ग निर्माणबारे अध्ययन, सर्भे र छलफल बढ्दै गर्दा छिमेकी भारतले पनि नेपाल जाेड्ने मार्ग र सवारी सुविधामा सुधार चाहेकाे देखिएकाे छ । भारतको सडक यातायत मन्त्रालयले नेपालसँग सीमा जोडिएका भारतका तीन राज्यहरु विहार, उत्तरखण्ड र उत्तर प्रदेशबाट नेपालसम्म सीधा बस सेवा सञ्चालन गर्न प्रस्ताव गरेको छ ।

तीन राज्यका नागरिकलाई नेपाल आवत जावत गर्न सजिलो हुने र यातायत खर्च पनि कम हुने गरी सस्तो खालको बस सेवा सञ्चालन गर्न नेपालसँग सहमतिको लागि प्रस्ताव गर्न लागेको हो ।

उक्त प्रस्तावमा नेपाल सरकारको सहमति लिन भारतको सडक यातायात मन्त्रालयले विदेश मन्त्रालयलाई आग्रह गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतको विदेश मन्त्रालयले उक्त प्रस्ताव दुई देशबीचको संयुक्त कार्यदलको बैठकमा छलफलमा ल्याउने भएको छ ।

हाल काठमाडौं–नयाँ दिल्ली चल्ले ‘नेपाल–भारत मैत्री बस सेवा’ सञ्चालनमा छ । उक्त बस सेवा उच्च सुविधा सम्पन्न (लक्जरीयस्) र महँगो भएको, उक्त बस सेवा पर्यटकहरुको लागि मात्र लक्षित भएको भन्दै सर्वसाधारणलाई सुविधा हुने बस सेवा सञ्चालन गर्न भारतले चाहेको जनाइएको छ ।

‘ठूलो संख्यामा भारतीय नागरिकहरु नेपाल वा सीमा क्षेत्रमा जाँदा र फर्कदा रेल वा बस प्रयोग गर्छन् । उनीहरु महँगो र सुविधाजनक नभएको सेवा प्रयोग गर्न बाध्य छन् । उक्त क्षेत्रमा ठूला संख्यामा दुई देशका मानिसहरुले सामान्य बस सेवा चाहेका छन् । यस्तो सेवा सञ्चालनमा ल्याउने हो भने दुबै देशका मानिसहरुलाई आवतजावत सजिलो हुन्छ र दुई देशबीच नागरिक स्तरमा सम्बन्ध बलियो हुन्छ’ भारतका उच्च अधिकारीको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ ।

त्यसैगरी, नयाँ दिल्लीले भारत र नेपालबीच सडक सञ्जालको स्तरवृद्धि र नयाँ परियोजना निर्माणबारे नियमित छलफल चलाईरहेको छ । ‘नेपाल भारत सडक जोड्ने मेची नदी पुल परियोजना कार्यान्वयन भईरहेको छ । यो योजनामा छिट्टै ठेक्का लगाईदैछ र सन् २०१८ को फेब्रुअरी देखि निर्माणको काम थालिने छ’ भारत सरकारको भनाई छ ।

त्यस्सैगरी, भारतको नेशलन हाईवे अथुरीटीले पिपराकोठी देखि रक्सौल सडक स्तारोन्नतीको जिम्मा पाएको छ । उक्त योजनामा यहि डिसेम्बर भित्र नै ठेक्का लाग्ने बताईएको छ ।

Share News