प्रत्यक्षमा एमालेलाई झण्डै बहुमत, समानुपातिकमा पनि अग्रता

<p>काठमाडौं । १६५ सदस्यीय प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा नेकपा(एमाले) बहुमत नजिक पुगेको छ । एमाले एक्लैले प्रतिनिधी सभाको ८० सिटमा विजय हासिल गरेको छ । यो संख्या भनेको प्रतिनिधी सभाको प्रत्यक्ष तफको ४८.४८ प्रतिशत हुन आउँछ । माओवादीले ३६ सिट जितेर प्रत्यक्ष तर्फ दोश्रो दलको हैसियत बनाएको छ । उसले १६५ मध्ये ३६ सिट [&hellip;]</p>

काठमाडौं । १६५ सदस्यीय प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष निर्वाचनमा नेकपा(एमाले) बहुमत नजिक पुगेको छ । एमाले एक्लैले प्रतिनिधी सभाको ८० सिटमा विजय हासिल गरेको छ । यो संख्या भनेको प्रतिनिधी सभाको प्रत्यक्ष तफको ४८.४८ प्रतिशत हुन आउँछ ।

माओवादीले ३६ सिट जितेर प्रत्यक्ष तर्फ दोश्रो दलको हैसियत बनाएको छ । उसले १६५ मध्ये ३६ सिट जितेर २१.८१ प्रतिसत सिट सुरक्षित गरेको हो । २२ सित जितेको काँग्रेसले एक सिटमा अग्रता लिईरहेको छ । सुनसरी क्षेत्र नम्बर ३ मा काँग्रेसका विजय कुमार गच्छद्धारले अग्रता कायम गरेका छन र त्यहाँ उनी विजयी हुने सम्भावना बढिरहेको छ । गच्छद्धारले जितेमा काँग्रेसले १३.९३ प्रतिशत सिट सुरक्षित गर्नेछ ।

उता, मधेशवादी दलहरुमध्ये राजपाले ११ र संघिय फोरमले १० सिट जितेका छन् । नयाँ शक्ति, राजमो, नेमकिपा र राप्रपाले एक एक सिट जितेका छन भने एक जना स्वतन्त्र उम्मेदवार विजयी बनेका छन् । उता समानुपातिक तर्फको मत गणनामा पनि एमालेले करिब एक लाख बढि मतसहित अग्रता कायम गरिरहेको छ ।
बिहान ११ बजेसम्मको मत गणना अनुसार एमालेले १९ लाख ४२ हजार ९ सय ७४ मत ल्याएको छ भने काँग्रेसले १८ लाख ५१ हजार १ सय २६ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले ७ लाख ४७ हजार ८ सय ८१ मत ल्याएको छ ।

Share News