काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ५ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।