काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सानिमा माई हाइड्रोपावरले आ-आफ्नो कम्पनीको बुक क्लोजको मिति तोकेका छन् । यी दुबै कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि बुक क्लोज गर्न लागेको हुन् ।
शाइन रेसुङ्गाले आगामी पुस १० गतेदेखि २२ गते सम्म आफ्नो कम्पनीको बुक क्लोज गर्ने भएको छ । कम्पनीले आफ्नो साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन बैंकको बुक क्लोज गर्न लागेको हो । यस कम्पनी आगामी पुस २२ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरले पनि आगामी पुस १४ गतेदेखि २८ गते सम्म आफ्नो कम्पनीको बुक क्लोज गर्ने भएको छ । यस कम्पनी आगामी पुस २८ गते ६औँ वार्षिक साधारणसभामा जाँदै छ ।